Logo

जेएसडब्ल्युसँगको साझेदारीमा एमजीको नयाँ इलेक्ट्रिक क्रसओभर ‘एमजी विन्डसोर इभी’ आउँदै, यस्ता हुनेछन् विशेषता

जेएसडब्ल्युसँगको साझेदारीमा एमजीको नयाँ इलेक्ट्रिक क्रसओभर ‘एमजी विन्डसोर इभी’ आउँदै, यस्ता हुनेछन् विशेषता



काठमाडौं । लामो समयदेखि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको इलेक्ट्रिक कारको प्रतिक्षामा रहेकाहरूका लागि खुसीको खबर छ । एमजीको आगामी ईभीको नाम एमजी विन्डसोर इभी हुनेछ र यो इलेक्ट्रिक क्रसओभर हुनेछ । जुन लुक–फिचर र दायराका हिसाबले निकै राम्रो हुनेछ । चीनको सबैभन्दा ठूलो अटोमेकर एसएआइसी मोटरले भारतमा एमजी मोटरको रूपान्तरण र वृद्धिलाई गति दिन नोभेम्बरमा जेएसडब्लु समूहसँग संयुक्त उद्यम सम्झौता गरेको थियो ।

जेएसडब्लू एमजी मोटर इन्डियाका प्रमुख व्यापार अधिकृत सतिन्दर सिंह बाजवाले भने, ‘हामी हाम्रो आगामी सीयुबीको नाम सार्वजनिक गर्न पाउँदा उत्साहित छौं । विन्डसर क्यासल संसारभर लोकप्रिय छ । यो विदेशमा बिक्री भइरहेको वुलिङ क्लाउड इभीको ‘रि बैज्ड’ गरिएको संस्करण हो । विन्डसर इभी ह्याचब्याक रएमपीभीको क्रसको रूपमा आउँदैछ, जुन सुविधाहरू र आरामको हिसाबले राम्रो हुनेछ ।’

लुक्स र फिचर

लुक र डिजाइनको बारेमा कुरा गर्दा एमजी विन्डसोर इभी करीब ४ं३ मिटर लामो हुनेछ र यसको ह्वीलबेस २७०० एमएम हुनेछ । यो भारतमा बिक्री हुने कारहरूको तुलनामा फरक र विशेष हुनेछ । यस ५ सिटर इलेक्ट्रिक क्रसओभरका विशेषताहरूको बारेमा कुरा गर्दा, यसले ठूलो फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस चार्जर, भेन्टिलेटेड सिट, पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा र उन्नत चालक सहायता प्रणालीलगायत अन्य धेरै मानक र सुरक्षा सुविधाहरू प्रदान गर्नेछ ।

ब्याट्री

एमजी विन्डसर इभी को बारेमा बाहिरिएकोे जानकारी अनुसार यस इलेक्ट्रिक क्रसओभरमा दुई प्रकारका ब्याट्री प्याक विकल्पहरू हुनेछन् । जसमा ३७.९ किलोवाट ब्याट्री प्याकमा ३६० किलोमिटरसम्मको एकल चार्ज र ५०.६ किलोवाट ब्याट्री प्याक एकल चार्ज हुनेछ र यस भेरियन्टको दायरा ४६० किलोमिटरसम्म हुनेछ । एमजी विन्डसोर इभीले अगाडि माउन्ट गरिएको स्थायी म्याग्नेट सिंक्रोनस मोटरबाट लगभग १३४ एचपी पावर प्राप्त गर्न सक्छ । एमजी विन्डसोर इभीको बारेमा थप जानकारी आउने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL