Logo

‘हुन्डाई डिलाइ फेस्टिभल २०८०’ अफरमा गुरागाईले जिते बम्पर पुरस्कार, एक्स्टर कार पाउने

‘हुन्डाई डिलाइ फेस्टिभल २०८०’ अफरमा गुरागाईले जिते बम्पर पुरस्कार, एक्स्टर कार पाउने



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको “हुन्डाई डिलाइ फेस्टिभल २०८०” अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफरअनुरुप हरेक नया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो ।

“हुन्डाई डिलाइ फेस्टिभल २०८०” अफरको विजेताको घोषणा Hyundai Nepal को Facebook मा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन ।

“हुन्डाई डिलाइ फेस्टिभल २०८०” अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्रप्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाइ बिर्तामोड का ग्राहकले हुन्डाई Exter जिते । यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र “हुन्डाई डिलाइ फेस्टिभल २०८०” योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्