Logo

नेपालमा सोकोन ईसी ३६ ईभी सार्वजनिक, एकपटक फूल चार्ज गर्दा ३०० किमी रेन्ज दिने

नेपालमा सोकोन ईसी ३६ ईभी सार्वजनिक, एकपटक फूल चार्ज गर्दा ३०० किमी रेन्ज दिने



काठमाडौं । नेपालमा सोकोन ईसी ३६ ईभी भ्यान सार्वजनिक भएको छ । मंगलबार एमएडब्लू वृद्धीले उक्त भ्यान नेपाली बजारमा सार्वजनिक गरी विक्री सुरु गरेको हो ।
यसअघि उक्त भ्यान बुकिङ गरेका ४१ जना ग्राहकलाई कम्पनीले चाबीसमेत हस्तान्तरण गरेको थियो । कम्पनीले सोकोन ईसी ३६ भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

११ सिट क्षमताको ईसी ३६ भ्यानले एकपटकको फुलचार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीले जानकारी दिएको छ । यसमा रहेको ६० किलोवाटको इलेक्ट्रीक मोटरले २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा जडान गरिएको ४२ केडब्लूएच सीएटीएल ब्याट्रीले २।५ घण्टामा ० देखि १०० प्रतिशतसम्म छिटो चार्ज गर्ने क्षमता राख्छ ।

१८८ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको यस भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षा फिचर रहेका छन् । साथै, यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिंङ प्रणालीको सुविधा पनि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्
MBL