Logo

महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना

महिन्द्राले ल्यायो ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना



काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरुलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ । कम्पनीले यही असार ९ देखि २१ गतेसम्मका लागि उक्त योजना ल्याएको हो ।

यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागू हुने छैन । साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा १००० रूपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ ।

बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, ‘ग्राहकहरूको सुविधाको लागि हामीले यस्ता योजनाहरू ल्याइरहेका हुन्छौं । यो योजना पनि त्यसै अन्तर्गतको हो ।’ उनले भने, ‘हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचत का साथै यस योजनामा सहभागी भई बढी भन्दा बढी लाभ लिन सकून् ।’

यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरुमा मात्र लागू गरिएको छ ।

साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा.लि. ले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ ।

यसै योजना अन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर परचेज मार्फत सरल फाइनान्सिंङ, लगायत अन्य सुविधा पनि उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL