Logo

फ्रान्सेली अटोमोटिभ ब्रान्ड सिट्रोनको ‘सिट्रोन ईसी३’ नेपालमा उपलब्ध, यस्तो छ मूल्य र विशेषता

फ्रान्सेली अटोमोटिभ ब्रान्ड सिट्रोनको ‘सिट्रोन ईसी३’ नेपालमा उपलब्ध, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । फ्रान्सेली अटोमोटिभ ब्रान्ड सिट्रोनको ‘सिट्रोन ईसी३’ नेपालमा सार्वजनिक गरिएको छ । नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आइतबार विशेष कार्यक्रम आयोजना गरी सिट्रोन ईसी३को प्रिमियम मोडल ‘सिट्रोन ईसी३ शाइन’ आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको हो ।

उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य कम्पनीले लिएको जनाइएको छ ।

अत्याधुनिक प्रविधि र परिष्कृत आराम सुविधाहरूले सुसज्जित ईलेक्ट्रिक गाडी ‘सिट्रोन ईसी३ शाइन’मा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वील र इलेक्ट्रिकल ओआरभीएम जस्ता फिचरहरू समावेश छन् जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।

‘सिट्रोन ईसी३ शाइन’को सुरूवाती मूल्य ३५ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । जुन मूल्य अन्तिम स्टकसम्म रहने कम्पनीले स्पष्ट पारेको छ । किफायती मूल्यमा उपलब्ध ‘सिट्रोन ईसी३ शाइन’ले विद्युतीय गाडीहरूको गतिशीलतालाई नेपाली बजारमा पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सांग्रिला मोटर्स प्रालि दिगो ब्याट्री व्यवस्थापनका लागि पनि प्रतिबद्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सांग्रिलाले भारतको सबैभन्दा ठूलो लिथियम–आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी, लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी क्षतिग्रस्त ब्याट्रीहरू प्रबन्ध गरिरहेकोे छ । यो साझेदारीले दिगोपन र वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि जोड दिएको उल्लेख छ ।

सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो । जसको लेगसी १०३ वर्ष भन्दा लामो रहेको छ । अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनीयरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ । फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ ।

सन् १९१९ देखि सिट्रोनले सामाजिक परिवर्तनहरू रूपान्तरण गर्न सवारी साधन, प्रविधि र यातायात समाधानहरू विकास गरेको छ । ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटी एएमआई साथै एसयूभी, सेडान र इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड पावरट्रेनहरू भएका व्यावसायिक सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ ।

व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६ हजार २०० बिक्री र सेवाहरूको नेटवर्क रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL