Logo

सिट्रोन ईसी–३ को साइन भेरिएन्ट अर्को साता नेपालमा लन्च हुँदै, मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने

सिट्रोन ईसी–३ को साइन भेरिएन्ट अर्को साता नेपालमा लन्च हुँदै, मूल्य ४० लाख रुपैयाँभन्दा कम हुने



काठमाडौँ । सिट्रोनको इलेक्ट्रिक कार ईसी-३ साइन परीक्षणको क्रममा नेपाली सडकमा देखिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडी परीक्षण गरेको अनुमान गरिएको छ ।

पहिले फिल र लाइभ भेरिएन्ट उपलब्ध भएकोमा भारतीय बजारमा टप स्पेक भेरिएन्ट साइन समेत लन्च गरिएको थियो । तर सो साइन भेरिएन्ट नेपाली बजारमा उपलब्ध थिएन । सो नयाँ भेरिएन्टमा इलेक्ट्रोनिकल्ली एड्जस्टेवल ओआरभीएमएस, रियर पार्किङ क्यामेरा, १५ इन्चको डायमन्ड कट अलोय ह्विल, फ्रन्ट र रियरमा स्किड प्लेट, रियर वाइपर एबं वासर, रियर डिफगर र लेदरले वेरिएको स्टेयरिङ ह्विल थप गरिएका छन् ।

नेपाली बजारमा उपलब्ध ईसी–३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ३.३ किलोवाट अनबोर्ड एसी चार्जर दिइएको यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटरसम्म यात्रा गर्न सकिने एआरएआईले दावी गरेको छ ।

साथै यसको पावर ५६ बीएचपी र टर्क १४३ एनएम रहेको छ । १०७ किलोमिटर टप स्पिड भएको यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ र यो इलेक्ट्रिक कारको मूल्य नेपाली बजारमा ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरिएको छ ।

कम्पनी स्रोतका अनुसार सम्भवतः अर्को साता सम्म नयाँ साइन भेरिएन्टको समेत औपचारिक रुपमा बिक्री–वितरण शुरु हुनेछ । यसको मूल्य ४० लाख रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL