Logo

टोयोटाको एमभीपी इनोभा सार्वजनिक, मूल्य ८४ लाखदेखि ९८ लाखसम्म

टोयोटाको एमभीपी इनोभा सार्वजनिक, मूल्य ८४ लाखदेखि ९८ लाखसम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले नाडा अटो शो अबसरमा नयाँ कार एम्पीभी इनोभा सार्वजनिक गरेको छ । बिगत ४९ बर्ष देखि टोयोटाको आधिकारीक बिक्रेताको रुपमा रहँदै आएको कम्पनीले हरेक बर्षको अटो शोमा नयाँ गाडी ल्याउदै आएको छ ।

शक्तिशाली डिजल इन्जिन सहित बजारमा आएको यो कारमा ६ गियर (म्यानुयल) रहेको छ । त्यस्तै एउटा भेरियन्ट जेएक्समा अटो गियर रहेको छ । ७ जनाको सिट क्षमता भएको सो कारको ग्राउन्ड क्लियरेन्स् १९५ एमएम रहेको छ । भारतीय बजारमा अत्याधीक रुचाईएको यो कार नेपालीबजार र बाटो सुहाउँदो रहेको कम्पनीले जानकारी दिएको छ ।
यो कार नेपाली बजारमा ४ भेरिएन्टमा उपलब्ध रहेको छ । जिएक्स,भीएक्स र जेडएक्स म्यानुयल गियरमा उपलब्ध छ । त्यस्तै जेएक्स भेरियन्ट अटो गियरमा समेत उपलव्ध रहेको छ । कारमा ४ सय ५० लिटर क्षेमताको गुड स्पेस (डिक्की) रहेको छ ।

बाहिरी सजावट अत्यन्त आर्कषक कार ५ कलरमा उपलव्धे छ । त्यस्तै कारमा७ वटासम्म एरव्याग जडान गरिएको छ । नेपाली बजारमा यो कारको मूल्य जिएक्सको ७४ लाख, भिएक्सको ८४ लाख ६० हजार, जेएक्स मेनुअलको ९० लाख ३० हजार र अटोमेटिक भीएक्सको ९८ लाख १० हजार तोकिएको छ ।

५५ लिटर इन्धन ट्याङ्क क्षमता भएको सो गाडीको तौल २ हजार ४ सय ३० केजीदेखि २ हजार ४ सय ५० केजी छ ।

प्रतिक्रिया दिनुहोस्