Logo

नयाँ लुक्ससहित नेपाल भित्रियो कियाका स्पोर्टेज, सेफ्टि फिचर पनि थपियो

नयाँ लुक्ससहित नेपाल भित्रियो कियाका स्पोर्टेज, सेफ्टि फिचर पनि थपियो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । किया मोटर्सले एसयुभी गाडी स्पोर्टेजलाई नयाँ लुक्ससहित नयाँ भर्सनमा ल्याएको छ । कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुपले नाडा अटोशोलाई लक्षित गरि सो गाडी सार्वजनिक गरेको हो ।

यसलाई पहिलेभन्दा स्पोर्टी लुक्स दिइएकोले धेरैको आकर्षण बन्ने कम्पनीको विश्वास छ । त्यस्तै सेफ्टी फिचर्सहरु पनि थप गरिएको बताइएको छ । यसमा १९९९ सीसीको इञ्जीन छ । यसले शहरभित्र प्रतिलिटर ८ किलोमिटर र राजमार्गहरुमा १२ किलोमिटर माइलेज दिने बताइएको छ ।

डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध यसमा २.० लिटरको इञ्जिन दिइएको छ । जसले दुई किसिमको पावर ट्युन दिन्छ । कम पावरफूल भर्सन १३६ पीएसको पावर दिन्छ भने अर्कोले १८५ पीएस दिन्छ । यो गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । यसमा ८ वटा भेरियन्टहरु नेपालमा उपलब्ध छन् । पेट्रोल इञ्जिनका ३ वटा भेरियन्ट बजारमा छन् । एलएक्स-वान, एलएक्स-टु र इएक्स-वान पेट्रोल भर्सनका स्पोर्टएज हुन् ।

यसैगरी डिजेल इञ्जिनमा एलएक्स-वान, एलएक्स -टु, इएक्स- वान, इएक्स-टु, इएक्स -अटो ट्रान्समिसन भेरियन्ट नेपालमा आएको छ । प्रत्येक भेरियन्टमा विभिन्न विशेष सुविधाहरु समावेश गरिएका छन् । यी गाडीमा सुरक्षाका लागि ८ वटा एयरब्याग जोडिएका छन् । क्रुस कन्ट्रोल, फगलाइट, डे टाइम रनिङ लाइट, १९ इन्चसम्मको एलो ह्वील लगायतका स्पेशल फिचर्सहरु पनि गाडीमा छन् ।

गाडीको इन्टेरियर डिजाइन आकर्षक छ । त्यस्तै भित्रभएको पर्याप्त स्पेशले चालक तथा यात्रुलाई पूर्ण स्वतन्त्रता र आत्वविश्वास प्रदान गर्छ । यसको वैज्ञानिक बनोटले ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटी दिने कम्पनीको दावी छ ।

स्पोर्टएज क्लीयर ह्वाइट, स्नो ह्वाइट पर्ल, स्पार्किङ सिल्भर, मिरल सिल्भर, पेन्टिया गोल्ड, फेरि रेड, मर्करी ब्लु र चेरि ब्ल्याक रंगमा स्पोर्टेज उपलब्ध छ ।

पेट्रोल इञ्जिनको एलएक्स-वानलाई ७६ लाख ९५ हजार रुपैयाँ पर्छ । एलएक्स-टुको ७८ लाख ९५ हजार र र इएक्स-वानको ७९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी डिजेल इञ्जिन रहेको एलएक्स-वानको मूल्य ९२ लाख ९५ हजार रुपैयाँ छ भने एलएक्स-टुको ८४ लाख ९५ हजार, इएक्स-वानको ८५ लाख ९५ हजार, इएक्स-टुको ८७ लाख ९५ हजार र इएक्स -अटो ट्रान्समिसनको ८९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्