Logo

सिप्रदी अटोपार्टस् प्राइभेटको रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम, प्राविधिकहरूलाई सम्मान

सिप्रदी अटोपार्टस् प्राइभेटको रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम, प्राविधिकहरूलाई सम्मान



काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालको आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् ।

टाटालाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटो मोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्राहकलाइ साथमा लिएर अगाडी बढ्ने गरेको बताए । सिप्रदीले प्राविधिकहरूलाई आधुनिक प्रविधिहरूको तालिम उपलब्ध गराई रहेको जानकारी गराउँदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरूलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरिएको थियो ।

कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरूलाई विभिन्न उपहारहरू प्रदान गरिएको थियो । टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दीपक महर्जन ले डियो स्कुटर उपहार प्राप्त गरे । आईफोन १४ प्रो २ जनाले र एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्