Logo

नाडा अटो शोमा टिभिएसको इलेक्ट्रिक स्कूटर ‘टिभिएस आईक्युब’ सार्वजनिक हुने

नाडा अटो शोमा टिभिएसको इलेक्ट्रिक स्कूटर ‘टिभिएस आईक्युब’ सार्वजनिक हुने



काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्ने तयारी गरेको छ । नाटा अटो–शो भदौ २६ गतेदेखि सुरु हुन लागेको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउने जगदम्बा मोटर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ ।’

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्ने बताइएको छ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ ।

टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ । पाँच घण्टामा शतप्रतिशतसम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउने बताइएको छ । आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ ।

चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल/एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु यसमा समावेश गरिएको छ । स्कुटरको ७ इन्चको मल्टिफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउने बताइएको छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ ।

त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ ।यस टिभिएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL