Logo

यामाहाद्वारा ‘राइड टु मोटो जीपी’को घोषणा, यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई भारत लैजाने

यामाहाद्वारा ‘राइड टु मोटो जीपी’को घोषणा, यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई भारत लैजाने



काठमाडौं । यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने गरी ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ । भारतमा पहिलो पटक मोटो जीपी आयोजना हुने अवसरमा यामाहा नेपालले आफ्नो प्रेस विज्ञप्ति मार्फत् यस ऐतिहासिक अवसरको घोषणा गरेको हो ।

नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक यामाहा नेपालले दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको छ । २०२३ को २० सेप्टेम्बरदेखि ब्लू स्क्वायर, नक्सालबाट सुरु भएर २३ मोटो जिपिको प्रत्यक्ष अनुभब गरी त्यहाँबाट पुन काठमाडौं फर्की यो यात्रा सम्पन्न हुनेछ ।

छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकनको अनुभव प्राप्त गर्नेछन् । मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ । यामाहाले नेपाली समुदायका बिचमा रेसिङको भावनालाई जगाउने काम गरेको गरिरहेको छ ।

यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको हो । यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रोसाइटको सिर्जना गरेको छ जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL