Logo

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ श्रावण २४ देखि २६ सम्म, ४ जना भाग्यमानी ग्राहकलाई होलिडे प्याकेज

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ श्रावण २४ देखि २६ सम्म, ४ जना भाग्यमानी ग्राहकलाई होलिडे प्याकेज



काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यहीे श्रावण २४ देखि २६ गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । मनसुन मौसममा हुँने लगातार वर्षाले कुनैपनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुराउन अत्यन्त जरुरी छ भनि कम्पनीले जनाएको छ ।

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्न सक्नेछन ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा छ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट छ भने लेवर चार्जमा २०% छुट र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट ग्राहकले पाउनेछन् । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस्
MBL