Logo

साउन ८ देखि टाटा मोटर्स शोरूमहरुमा मनसुन म्याजिक, इभी एक्सचेञ्चको अवसर

साउन ८ देखि टाटा मोटर्स शोरूमहरुमा मनसुन म्याजिक, इभी एक्सचेञ्चको अवसर



काठमाडौँ । यही साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा मनसून म्याजिक सुरु हुने भएको छ । अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको अवस्था छ। तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यही क्रममा बढिरहेको छ।

प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडी संग साट्ने क्रम बढ्दो छ।

ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर मनसून म्याजिक नाम दिइएको एक्सचेन्ज क्याम्प सुरु हुन लागेको कम्पनीको भनाइ छ ।

मनसुन म्याजिकमा जुनसुकै ब्राण्डको गाडी नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था गरिनुका साथै फाइनान्सिङ्गको सुविधा, गाडी सम्बन्धी दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव, निःशुल्क गाडीको थप एक्सेसोरिज उपलब्ध हुनेछ । यो म्याजिक सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरु सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL