काठमाडौं । विश्वभर विद्युतीय सवारी साधन (इभी) को चलन तिब्र गतिमा बढिरहेको छ । इभीको जीवन यसको ब्याट्रीमा रहन्छ र ब्याट्रीमा लिथियम प्रयोग गरिन्छ । चीनले द्रुत गतिमा विश्वको लिथियम भण्डार कब्जा गरिरहेको छ । एक रिपोर्टका अनुसार सन् २०२५ सम्ममा विश्वको लिथियम आपूर्तिको एक तिहाइ चीनमा हुनेछ ।
युबीएस एजी बैंकका अनुसार चीनले विश्वका धेरै देशमा लिथियम खानी खरिद गरेको छ । सन २०२२ मा यसको उत्पादन १९४००० टन थियो, जुन २०२५ सम्म बढेर ७,०५००० टन हुने अपेक्षा गरिएको छ । यससँगै विश्वको कुल लिथियम आपूर्तिमा चीनको हिस्सा ३२ प्रतिशत पुग्ने छ, जुन गत वर्ष २४ प्रतिशत थियो ।
ब्लुमबर्गको रिपोर्टका अनुसार विश्वका ठूला देशहरूमा लिथियम भण्डार प्राप्त गर्ने दौड भइरहेको छ । लिथियम विद्युतीय सवारी साधनको ब्याट्री बनाउन प्रयोग गरिन्छ । विश्वभर इभीको बढ्दो प्रयोगसंगै लिथियमको माग पनि तीब्र गतिमा बढिरहेको छ । यसलाई भविष्यको तेल भनिन्छ । यही कारण अमेरिका र चीनलगायत विश्वका शक्तिशाली देशहरू लिथियमको भण्डार कब्जा गर्न चाहन्छन् । विशेषगरी चीनले यस विषयमा निकै आक्रामक मनोवृत्ति देखाउँदै आएको छ किनभने यो ईभीको लागि विश्वको सबैभन्दा ठूलो बजार हो । चीनले अफ्रिकामा धेरै लिथियम खानीहरू किनेको छ ।
चीन कुनै पनि हालतमा अधिक र अधिक लिथियम प्राप्त गर्न चाहन्छ । उसले लेपिडोलाइटबाट लिथियम पनि निकाल्दै छ, जसमा लिथियमको एकदमै थोरै मात्रा हुन्छ । यो बालुवाबाट तेल निकाल्नु जस्तै हो । यूबीएस रिपोर्टका अनुसार चीनले सन् २०२५ सम्ममा २ लाख ८० हजार टन लिथियम निकाल्ने तयारी गरिरहेको छ ।
यो कुल विश्वव्यापी आपूर्तिको १३ प्रतिशत हो । गत वर्ष चीनले लेपिडोलाइटबाट ८८ हजार टन लिथियम निकालेको थियो । लेपिडोलाइट चीनको जियाङ्सी प्रान्तमा पाइन्छ । सरकारले अवैध उत्खननमा कडा प्रतिबन्ध लगाएको छ । भारतमा हालै जम्मू कश्मीरको रियासी जिल्लामा लिथियमको ठूलो भण्डार फेला परेको छ । अनुवाद गरिएको