Logo

अग्नि ग्रुपको नगद छुट मेला र अटो सटही योजना, इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो र यारी’ मा नगद छुट दिने

अग्नि ग्रुपको नगद छुट मेला र अटो सटही योजना, इलेक्ट्रिक थ्री-ह्विलर अटो ‘ट्रियो र यारी’ मा नगद छुट दिने



काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो र यारी यही माघ २२, २०७९ आइतबारका दिन ३ नयाँ बिक्री केन्द्र बाट एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगंजमा पनि सार्वजनिक गरेको छ ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा ३ नयाँ बिक्री केन्द्र सहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्र जस्तै बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा “नगद छुट र एक्सचेन्ज” मेलाको घोषणा समेत गरेको छ ।

देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा बिक्रिकेन्द्रमा एकै साथ एक कार्यक्रम आयोजना गरी यस “नगद छुट मेला र अटो सटही योजना” ल्याएको हो जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रिया र यारीे” खरिद गरे वापद ४० हजार सम्मको नगद छुट दिने योजना ल्याएको छ । यो योजना २०२३को पूरै फेब्रुअरी महिना भरकाका लागि लागु हुने छ ।

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो “ट्रियो” र “यारी”े को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास हो। यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ । र महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ भन्ने कुरामा कम्पिनी विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्