काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एलसीमा नगद मार्जिनको व्यवस्था खारेज गर्ने सरकारी निर्णयको स्वागत गरेको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले १३ महिनादेखि जारी एलसीमा अनिवार्य नगद मार्जिको व्यवस्थासँगै यसअघि नै कार, जिप भ्यान, मोटरसाइकलको आयात प्रतिबन्धको फुकुवाको गरेकोमा सरकारलाई धन्यवाद दिएको हो ।
योसँगै नाडाले संकटमय समयबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्र समेत अब सहज रुपमा अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ । ‘नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागुगरकोसवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमालगाएको प्रतिबन्ध पनि केही समय अघि फुकुवा गरेको छ । सरकार तथा नेपाल राष्ट्र बैंकको यस्तो निर्णयकोनाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल हार्दिक स्वागत गर्दछ ।
नेपाल राष्ट्र बैंकको हालको योनिर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको छ’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । तथापि, नाडाका मागहरु-अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने माग नाडाले यथावत् राखेको छ । बैकहरुबाट निजी सवारी साधनका लागि प्रवाह हुने हायर पर्चेज कर्जाको सीमा ५० प्रतिशतबाट वृद्धि गरिनुपर्ने लगायतको माग नाडाले राखेको छ ।