Logo

सुजुकी बोलेनो नेपाली बजारमा, मूल्य २६ लाख ९९ हजार रुपैयाँ

सुजुकी बोलेनो नेपाली बजारमा, मूल्य २६ लाख ९९ हजार रुपैयाँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुजुकीको प्रिमियम ह्याचब्याक, बोलेनो नेपाली बजारमा सार्वजनिक गरिएको छ । प्रिमियम क्वालिटिको सुजुकिका उत्पादन तथा विश्वस्तरीय विक्री सेवा प्रदान गर्ने उद्देश्यका साथ सो ह्याचव्याक उपलब्भ गराइएको बताइएको छ ।

यसको सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । देशभरिका सुजुकीका आउटलेटमा बलेनोको बुकिङ खुल्ला गरिएको र ग्राहकले फाइनान्सको लागि विशेष व्याजदारको लाभ उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसको १दशमलव २ लिटर भीभीटी पेट्रोल इन्जिनले ८४दशमलव ३ पीएस अधिक पावर र ११५ एनएम टर्क उत्सर्जन गर्छ । ५–स्पिड म्यानुअल गियरबक्स भएको यो कारको क्याबिन ठूलो हुनुका साथै पछाडिको सिट पनि स्पेसियस छ।

बलेनोले विज्ञहरुबाट यसको उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुषणका लागि तारिफ पाएको कम्पनीले जानकारी दिएको छ । त्यस्तै यसलाई सुजुकीको नवीनतम सुजुकी टीइसीटी प्लेटफर्ममा बनाइएको छ ।

बलेनोमा क्लाइमेट कन्ट्रोल, स्याटेलाइट नेभिगेसनसहितको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कीलेस इन्ट्री, पुस स्टार्टरस्टप बटन, एबीएस, इबीडी र एयरब्याग्सलगायत विशेषता छन् । यसमा पार्किङका लागि क्यामरा र स्टेयरिङ ह्विलबाटै धेरै कुरा नियन्त्रण गर्न सकिने सुविधा समेत छ।

भारतमा यसको व्यापक सफलतापछि नेपालमा बलेनो सार्वजनिक गरेको हो ।  यसमा परिष्कृत डिजाइन र उन्नत प्रविधि छ।

प्रतिक्रिया दिनुहोस्
MBL