Logo

टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा, प्रिभिलेज्ड पार्किङको पनि सुविधा

टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोन चितवनमा, प्रिभिलेज्ड पार्किङको पनि सुविधा



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ ।

यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कवड्डी टिमद्धारा गरिएको कम्पनीले जनाएको छ । टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ । टाटा मोटर्सको यसअघि ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो ।

यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका गाडीहरुको बारेमा विस्तृत जानकारी लिन सकिनेछ । यसका साथै टेस्ट ड्राईभको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

साथै टाटा मोटर्सका ग्राहकहरुका लागि मात्र प्रिभिलेज्ड पार्किङ्गको पनि सुविधा रहेको छ । टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उद्देश्यले शो रुमभन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL