Logo

होन्डाका गाडीको माग अप्रिलमा १३ प्रतिशतले घट्यो, यस्तो छ सार्वजनिक नयाँ तथ्यांक

होन्डाका गाडीको माग अप्रिलमा १३ प्रतिशतले घट्यो, यस्तो छ सार्वजनिक नयाँ तथ्यांक



काठमाडौं । होण्डा कार इण्डिया लिमिटेडको बिक्री अप्रिलमा १३ प्रतिशतले घटेर ७,८७४ इकाइमा पुगेको छ।

अप्रिल २०२२ को बिक्री तथ्याङ्क सार्वजनिक गर्दै कम्पनीले अघिल्लो वर्षको सोही महिनामा ९०७२ सवारीसाधन बिक्री गरेको जनाएको छ । तर, कम्पनीको निर्यात २०२१ अप्रिलमा ९७० युनिटबाट गत महिना बढेर २ हजार ४२ युनिट पुगेको छ ।

कम्पनीका निर्देशक (बिक्री तथा मार्केटिङ) युइची मुराताले ग्राहकको माग बलियो रहे पनि आपूर्ति श्रृंखला समस्या अटो उद्योगका लागि चुनौती बनेको बताए । जसका कारण बढ्दो माग धान्न सक्ने क्षमतामा असर परिरहेको छ ।

होन्डा कारले आपूर्ति श्रृङ्खलाको समस्या छिट्टै समाधान हुने र माग र आपूर्तिबीच सन्तुलन कायम हुनेमा आशावादी छ । होन्डा सिटीको ई–हाइब्रिड मोडलले बजारबाट अत्याधिक प्रतिक्रिया पाएको मुराताले बताए-‘यसले बजारमा विद्युतीय हाइब्रिड मोडलको स्थान रहेको देखाउँछ। यो मोडल मे ४ मा प्रस्तुत गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL