काठमाडौँ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को विशेष अफर ल्याएकाे छ । उक्त अफर अन्तर्गत एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट दिने भएकाे छ ।
कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।
कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ ।
सो अफर मंगलबारदेखि प्रारम्भ भएको छ र आगामी अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुनेछ ।