Logo

इभि मोटर्सको हरेक शनिबार एक्सचेन्ज मेला, ३५ हजारसम्म छुट पाइने

इभि मोटर्सको हरेक शनिबार एक्सचेन्ज मेला, ३५ हजारसम्म छुट पाइने



काठमाडौं । एलभिनेङ्ग स्कुटरको आधिकारिक बिक्रेता तथा वितरक इभि मोटर्स नेपालले एक्सचेञ्ज मेलाको आयोजना गरेको छ ।

कम्पनीले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ८ बजे सम्म एक्सचेन्स मेला कार्यक्रम आयोजना गरिरहेको छ ।

उक्त एक्सचेञ्ज मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम १५ हजार रुपैयाँ सम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ एलभिनेङग स्कुटरको खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा ३५ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्ने प्रावधान पनि रहेको छ ।

एलभिनेङ्ग स्कुटर नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिथियम ब्याट्री लगाइएको छ भने जर्मनीको बोस्च मोटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL