Logo

नयाँ वर्षको लागि जावाले ल्यायो न्यू इयर स्किम​, मोटरसाइकल खरिद गर्दा १५००० को फ्ल्याट डिस्काउन्ट

नयाँ वर्षको लागि जावाले ल्यायो न्यू इयर स्किम​, मोटरसाइकल खरिद गर्दा १५००० को फ्ल्याट डिस्काउन्ट



काठमाडौँ । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा मोटरसाइकले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ । जावा मोटरसाइकलको फोर्टी–टु , जावा, र पेराक सबै मोडलमा नेपालभर लागू हेनगरी न्यू ईयर स्किम ल्याएको हो ।

यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा रु १५००० को फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन् ।

यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिन कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि रुचाइ​एको जावा मोटरसाइकलले यस स्किममार्फत सकारात्मक प्रतिक्रिया पाउने विश्वास कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL