Logo

नियूको गोभा ५ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य

नियूको गोभा ५ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्तो छ मूल्य



काठमाडौं । इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको गोभा ५ विद्युतीय स्कुटर नेपाली आएको छ । बिहीबार पहिलो पटक नेपाली बजारमा लन्च गरिएको हो ।
नियूको नयाँ स्कुटर गोभा ५ लाई आज नेपाली बजारमा सार्वजनिक गरिएको हो । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले आज एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।

साथै पहिलो दिन नै १० जना ग्राहकले खरिद गरेका छन् । आधुनिक स्टायलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको उक्त स्कुटर एकदमै स्टाइलिस देखिएको छ ।

यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएकफ छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखि १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ । उक्त स्कुटर रातो, सेतो र खैरो गरी तीन कलर अप्सनमा उपलब्ध यसको सुरुवाति मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL