काठमाडौं ।अग्नि ग्रुपले दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधासम्पन्न शोरुम हो । नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रैष्ठले गरे ।
सो क्रममा लोकत्रान्तिक वाणिज्य संघका संयोजक बबर जंग थापा, निम्स हस्पिटल, दमकका उपाकान्त आचार्य, टिएमटी व्रिक्स उद्योगका निर्देशक रवि के.सी. र सरकारी तथा स्थानीय प्रतिनिधिहरूको समेत उपस्थितिमा गरेको थियो ।
“दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथौ सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने दमक शाखा प्रमुख कौशल शाहले जानकारी दिए ।