Logo

होण्डाको एक्सचेन्ज क्याम्प शुरु, विभिन्न सुविधासहित बजार मूल्यभन्दा बढी भ्यालु पाइने

होण्डाको एक्सचेन्ज क्याम्प शुरु, विभिन्न सुविधासहित बजार मूल्यभन्दा बढी भ्यालु पाइने



काठमाडौं । होण्डा मोटरसाइकल तथा कारको एक्सचेन्ज क्याम्प सुरु भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले संचालन गरेको उक्त क्याम्प चैत १७ गतेसम्म संचालन हुने छ ।

कम्पनीको अनुसार यस एक्स्चेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् । ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा ७ हजार अतिरिक्त एक्सचन्ज बोनस समेत प्राप्त गर्नेछन् ।

यस एक्स्चेन्ज क्याम्प उपत्यकाको ८ स्थान सल्लाघरी, कलंकी, ग्वार्को, स्वयम्भु, कान्तिपथ, जोरपाटी, बत्तिस्पुलती र थली संचालन भइरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL