Logo

सुजुकीको ७ दिने एक्सचेन्ज अफर, चैत ४ गते सम्म संचालन हुने

सुजुकीको ७ दिने एक्सचेन्ज अफर, चैत ४ गते सम्म संचालन हुने



काठमाडाैँ । सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ ।

ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्छन् ।

अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्म अतिरिक्त छुट समेत प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । नारायणी अटोले १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL