Logo

हुन्डाईको ‘बेष्ट बाइ’ योजना, नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर

हुन्डाईको ‘बेष्ट बाइ’ योजना, नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेष्ट बाइ’ योजना ल्याएको छ । यो योजना नेपाल अधिराज्यभर लागु हुने कम्पनीले जानकारी दिएको छ । यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाँउनेछन ।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको बेष्ट बाइबोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, रु ३०००० सम्मको एक्सचेन्ज बोनस, रु ४००००० सम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् । हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिमिटेडले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ र नयाँ बेष्ट बाइयोजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने छ । यो योजना २०७८ चैत्र १९ सम्म लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL