Logo

फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता, पहिलो दिनै २६ को सहभागिता

फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागिता, पहिलो दिनै २६ को सहभागिता



काठमाडौं केही समय अगाडी मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरेको फोर्स गुर्खा ४४४ को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन बुधबार उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राईभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएका छन् ।

टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकहरुको फोर्स गुर्खाप्रतिको आकर्षण देखाएका थिए । टेष्ट ड्राइभका लागि इच्छुकहरुले यहि फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने कम्पनीले जानकारी दिएको छ । पोखरामा टेष्ट ड्राईभ क्याम्पियन पश्चात काठमाडौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्राईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL