Logo

अमेरिकी प्रविधिको बोबक्याट बी ७६० ब्याक्हो लोडर अब नेपालमा, पर्किन्स इन्जिनको प्रयोग

अमेरिकी प्रविधिको बोबक्याट बी ७६० ब्याक्हो लोडर अब नेपालमा, पर्किन्स इन्जिनको प्रयोग



काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बोबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरण निम्ति बुकिङ खुला गरेको छ ।

काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगञ्ज, पोखरा, वीरगञ्ज र इटहरीलगायत विभिन्न मुख्य शहरहरूमा रहेका शाखा कार्यालयबाट बोबक्याट बी ७६० को बुकिंग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

इन्डियाको चेन्नई फ्याक्ट्रीमा उत्पादिन सो मेसिन नेपाललगायत एसियाली र अफ्रिकी मुलुकलक्षित हो । बोबक्याट बी ७६० लाई नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षणपछि सार्वजनिक गरिएको हो । उक्त मेसिनमा रहेको हिटिंग प्रविधि परीक्षणका लागि नेपालको माथिल्लो मुस्तांग (४००० अल्टिट्युड उचाइ) मा परीक्षण गर्दा मेसिन सहजै चलेको कम्पनीको दाबी छ ।

अमेरिकी प्रविधिबाट निर्मित बी ७६० मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएकाले ९४ हर्स पावरको शक्ति प्रदान गर्ने तथा उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ ।

यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुने र १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्ने कम्पनीले जानकारी दिएको छ । लामो आर्मका कारण अधिक गहिराइसम्म खन्न सहज हुने पनि बताइएको छ ।

७४ वर्षको सफल इतिहास बोकेको बोबक्याट ले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्समार्फत निर्माणजन्य उपकरण बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL