Logo

नेपालगञ्जमा जिपको ‘प्रिमियम’ सोरुम, पश्चिम नेपालको पहिलो जिप सोरुम

नेपालगञ्जमा जिपको ‘प्रिमियम’ सोरुम, पश्चिम नेपालको पहिलो जिप सोरुम



काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालमा नयाँ सोरुम सुरु गरेको छ । गजानन् अटो ट्रेडिङले नेपालगञ्जमा जिपको आउटलेट सञ्चालनमा ल्याएको हो ।

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरे । उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए ।

त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको बताए । उनले भने, ‘हामीलाई आशा छ यो डिलरसिपले जिप परिवारमा आबद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ ।’

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ । जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्ने बताइएको छ । जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबीसै घण्टा र ३६५ दिन सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL