Logo

सुजुकी स्कुटर एक्सचेञ्ज मेला शुरू, एक्सचेञ्ज गर्दा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ प्रदान गर्ने

सुजुकी स्कुटर एक्सचेञ्ज मेला शुरू, एक्सचेञ्ज गर्दा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ प्रदान गर्ने



काठमाडौं ।  सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले यही कात्तिक १२ देखि १७ गतेसम्म देशभरका आधिकारिक शोरुमहरूमा सुजुकी स्कुटर साटफेर (एक्सचेञ्ज) शुरू गरेको छ ।


यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गरी सुजुकीको नयाँ बर्गमन र एक्सिस स्कुटर खरिद गर्न सकिने सो अटोमोबाइल्सले जानकारी दिएको छ । कुनै पनि मोटरसाइकल वा स्कुटरलाई एक्सचेञ्ज गर्दा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ प्रदान गर्ने र नयाँ खरिदमा आकर्षक छुट व्यवस्था रहेको पनि कम्पनीले जनाएको छ ।

पछिल्लो समय यूवा पुस्तामा लोकप्रिय सुजुकीका बर्गमन र एक्सिस स्कूटर बीएस–६ मोडलमा उपलब्ध छ । धेरै माइलेज तथा आकर्षक डिजाइनमा आएका स्कुटरहरू ग्राहकको रोजाइमा रहेको कम्पनीले भीजी अटोमोबाइल्सले जानकारी दिएको छ । । ५ वर्षको वारेन्टी रहेको यी स्कुटरहरूको खरिदमा कम्पनीले फाइनान्सको सुविधा पनि दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL