Logo

‘मारुती ८००’ : ३१ वर्ष सडकमा राज गरेको पहिलो सस्तो सडक कारको कथा, के फेरि रिलञ्च हुँदैछ ?

‘मारुती ८००’ : ३१ वर्ष सडकमा राज गरेको पहिलो सस्तो सडक कारको कथा, के फेरि रिलञ्च हुँदैछ ?



काठमाडौं । संजय गान्धीले भारतमा सबैभन्दा सस्तो कार ल्याउने सपना देखे र मारुती उद्योग लिमिटेडको अवधारणा आयो । सन् १९८० मा एक विमान दुर्घटनामा संजय गान्धीको मृत्यु भयो, तर उनको सपना साकार भयो । सन् १९८३ मा संजय गान्धीको जन्मदिनमा कम्पनीले पहिलो सस्तो कार मारुती ८०० लन्च गरेको थियो ।

मारुती ८०० को यात्रा

यो कथा लगभग ४ दशक अघि अर्थात १९८० मा भारतमा उदार अर्थतन्त्रको प्रारम्भ र संजय गान्धीको महत्वाकांक्षी सपनासँगै शुरु हुन्छ । दुर्भाग्यवश, संजय गान्धीको जून १९८० मा एक विमान दुर्घटनामा मृत्यु भयो । तर, मध्यम वर्गका लागि सस्तो कार ल्याउने उनको सपनाले बिस्तारै गति लियो । त्यसपछि मारुती उद्योग लिमिटेडको नाम बाट शुरू भएको कम्पनी मारुती सुजुकीले सबैभन्दा सस्तो कार निर्माणको सुरुवात गर्यो । यो कम्पनी भारत सरकार र जापान को सुजुकी मोटर कम्पनी को संयुक्त भेञ्चरको रुपमा शुरू भएको थियो ।

दुई महिनामै बुकिङको कीर्तिमान

मारुती सुजुकीले १९८३ अप्रिल ९ मा कारको बुकिङ सुरु गर्यो । त्यपछि ८ जूनसम्म मात्र दुई महिनामा १.३५ लाख कारहरु बुक गरिए । अहिलेको अवस्थामा हेर्ने हो भने पनि यो बुकिङ धेरै ठूलो थियो । कम्पनीले आफ्नो पहिलो कार मारुती ८०० को नाममा बजारमा ल्याएको थियो, जसको मूल्य त्यतिबेला मात्र ५२,५०० रुपैयाँ थियो । यो कार केवल यसको मूल्यको लागि मात्र नभएर ड्राइभ गर्नको लागि सजिलो थियो र यसको माइलेज पनि त्यस समयको अन्य वाहनहरुको तुलनामा निकै राम्रो थियो । जसका कारण यो कार निकै छाटो समयमा लोकप्रिय बन्यो ।

संजय गान्धीको जन्मदिनमा लञ्च, हरपाल सिंह पहिलो ग्राहक

मारुती सुजुकीले १४ डिसेम्बर १९८३ मारुती ८०० को वितरण शुरू गर्यो । १४ डिसेम्बरको दिन यसकारण छनौट गरिएको थियो कि त्यसदिन संजय गान्धीको जन्मदिन थियोे । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी आफैंले पहिलो १० जनालाई कारको चाबी प्रदान गरेकी थिइन । मारुती सुजुकीको पहिलो कार भारतीय एयरलाइन्सका कर्मचारी हरपाल सिंहलाई हस्तान्तरण गरिएको थियो । प्रधानमन्त्रीबाट कारको चाबी लिने उनको तस्वीर भारतीय अटोमोबाइल उद्योगको एक हिस्सा बन्यो ।

इन्दिरा गान्धी चाहन्थिन संजय गान्धीको सपना साकार होस

मारुती सुजुकीका कार्यकारी अध्यक्ष आरसी भार्गव भन्छन् कि यो सब अचानक भएको होइन, निजी यातायात सरकारको सूचीमा थोरै तल थियो, किनकि त्यतिखेरसम्म यो विलासिता र धनीहरुको कुरा मानिन्थ्यो । सरकारले त्यसबेला सार्वजनिक यातायातमा ध्यान केन्द्रित गरेको थियो । तर, इन्दिरा गान्धी सस्तो कार चाहन्थिन् जसको सपना संजय गान्धीले देखेका थिए । उनी आफ्नो मृत्यु पछि पनि जीवित हुनुपर्दछ भन्दथे । यही कारण सरकारले यो कम्पनीको लागी केही सहयोग पनि प्रदान गरेको थियो । यो पनि भनिन्छ कि सरकारले यस कारको धेरै पार्ट्स र टेक्नोलोजीको लागि कस्टम ड्यूटीमा छुट पनि दिएको थियो । तर, कम्पनीले यसलाई अस्वीकार गर्दछ । त्यतिखेर कुनै सरकारी कम्पनीमा कुनै विदेशी कम्पनीको हिस्सा थिएन, तर मारुती सुजुकी एउटा अपवादको रुपमा उभियो । त्यतिबेला विदेशी कम्पनीको शेयर ४० प्रतिशतसम्म अनुमति दिइएको थियो ।

३१ वर्ष पछि बन्द, पुनः सुरु हुन सक्छ

कसैले सोचेनन् कि संजय गान्धीले सपना देखेको कार भारतीय जनताको बीचमा यति लोकप्रिय हुनेछ । जसले ३१ बर्षसम्म भारतीय बजार र सडकमा राज गर्यो । आजम्म पनि मारुती सुजुकी कारहरु लाई धेरै मन पराइएको छ, तर मारुति ८०० लाई केही बर्ष पहिले सन् २०१४ मा बन्द गरिएको थियो । यी ३१ बर्षहरुमा कम्पनीले २८ लाख मारुती ८०० कारहरु बेचेको थियो । यसको ठाउँमा, कम्पनीले बजारमा अल्टो ८०० लन्च गर्यो, जसलाई पनि ग्राहकबाट धेरै माया पनि मिल्यो । जे होस्, पछिल्ला रिपोर्टहरुलाई विश्वास गर्ने हो भने भारत सरकारले एकपटक मारुती ८०० लाई पुनः सुरु गर्न सक्छ ।-नवभारतटाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL