Logo

फोटोन मोटर्सको नयाँ वर्कसप सीतापाइलामा, ग्राहकले पाउनेछन् यस्ता सुविधा

फोटोन मोटर्सको नयाँ वर्कसप सीतापाइलामा, ग्राहकले पाउनेछन् यस्ता सुविधा



काठमाडौं । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु बृद्धि कमर्सियल भेहिकलले काठमाडौं स्थित सीतापाइलामा वर्कशप सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई छिटो, सजिलो र सुविधाजनक होस भनेर वर्कसप खोलेको फोटोन मोटर्सका सर्भिस हेड विदेसमान सिंह डंगोलले बताए । उनले फोटोनको वर्कसपमा यात्रुको प्रतिक्षाको लागि आरामदायी प्रतीक्षालयको साथै मनोरञ्जनको पनि व्यबस्था रहेको बताए । उसो त ग्राहकले गाडी दिएको एक घण्टा भित्र सर्भिस पाइसक्ने उनको दावी छ।

१० सर्भिस वे भएको यो वर्कसप २१ हजार वर्ग फिटमा फैलिएको कम्पनीले जानकारी दिएको छ । साथै, ९ हजार वर्ग फिटको पार्टस् काउन्टर र २ हजार ७ सय वर्ग फिटको पार्टस् गोदाम समेत निर्माण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL