Logo

५ बर्षको साधारणसभा गर्दै एभरेष्ट इन्स्योरेन्स, सेयर धनीलाई २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर

५ बर्षको साधारणसभा गर्दै एभरेष्ट इन्स्योरेन्स, सेयर धनीलाई २० प्रतिशत बोनस र ६०० प्रतिशत हकप्रद सेयर


बिजखबर संवाददाता
54
Shares

काठमाडौं। भएरेष्ट इन्स्योरेन्सले ५ बर्षको साधारणसभा एकै पटक गर्ने भएको छ । कम्पनीको बिगत ५ बर्षदेखि हुन नसकेको साधारणसभा यहि असार २३ गतेहुने भएको छ ।

जस अनुसार कम्पनीले आफ्नो १८ औं, १९ औं, २० औं, २१ औं र २२ औं साधारणसभा असार २३ मागर्न लागेको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई आर्थिक बर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । यसैगरी १ बराबर ६ को अनुपात अर्थात ६ सय प्रतिशत हकप्रद सेयर निस्कानको लागि साधारणसभामा प्रस्ताव लैजाने भएको छ । चुक्ता पूँजी बृद्धिको दबाबमा परेको सो कम्पनीले ६ सय प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले साधारणसभाबाट नयाँ कम्पनी संचालक समेत चयन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL