Logo

बुटवल पावरको एफपीओ मूल्य परिवर्तन, यस्तो छ नयाँ मूल्य !

बुटवल पावरको एफपीओ मूल्य परिवर्तन, यस्तो छ नयाँ मूल्य !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुटवल पावर कम्पनीले जारी गर्न लागेको फरदर पब्लिक अफरिङ (एफपीओ) को मूल्यमा परिमार्जन गरेको छ । कम्पनीले यस अघि प्रिमियम सहित प्रतिकित्ता मूल्य ४ सय ७० रुपैयाँमा एफपीओ जारी गर्न लागेकोमा त्यसलाई बढाएर ५ सय १८ रुपैयाँ पुर्याएको हो । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले सो मूल्य प्रस्ताव गरेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार धितोपत्र मुल्याकंनकर्ता बाट प्राप्त सुझाबको आधारमा नयाँ मूल्य प्रस्ताव गरेको कम्पनीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । हाल कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको सेयरमा ४ सय १८ रुपैयाँ प्रिमियम थप गरी एफपीओ जारी गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीले गत चैत १३ गते एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको थियो । हाल बुटवल पावरले एफपीओको बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल तथा लक्ष्मी क्यापिटललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL