Logo

महुली लघुवित्तले प्रिमियममा एफपीओ जारी गर्ने, मूल्य साधारणसभाले तय गर्ने

महुली लघुवित्तले प्रिमियममा एफपीओ जारी गर्ने, मूल्य साधारणसभाले तय गर्ने



काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रिमियममा एफपिओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।

कम्पनीको यही चैत २५ गते आठौं साधारण सभा हुदैंछ । कम्पनीले सोही साधारण सभामा यस सम्बन्धी प्रस्ताव पेश गर्दैछ । साधारण सभाले पारित गरेपछि कम्पनीले बोर्डमा आवेदन दिनेछ । साथै, अन्य प्रक्रिया पनि पुरा गर्नेछ । त्यसपछि कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

कम्पनीले प्रिमियममा एफपीओ जारी गर्ने बताएपनि कति प्रिमियम अर्थात् कति मूल्यमा एफपीओ जारी गर्ने भनेर खुलाएको छैन । फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा चैत्र २५ गते बुधबार कम्पनीको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

सभाले बोनस सेयर वितरणमा लाग्ने कर प्रयोजनका लागि र कायम चुक्ता पूँजीबाट १.५ प्रतिशत नगत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७६र७७ वार्षिक प्रतिबेदनमाथि छलफल, कम्पनीको नवीकरण, नाफा नोक्सान, नगद प्रवाह वितरण सँगै आर्थिक बर्ष २०७७र७८ का लागि लेखा परीक्षक नियुक्ति लगायत एजेन्डामा छलफल हुने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीको चैत्र १० गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL