Logo

फोर्डको इकोस्पोर्ट एसई सार्वजनिक, यस्तो मूल्य र विशेषता

फोर्डको इकोस्पोर्ट एसई सार्वजनिक, यस्तो मूल्य र विशेषता



काठमाडौँ । छनोटको विस्तार र ग्राहकको चाहना र महत्वलाई विशेष ध्यानमा राखी फोर्डले नयाँ संस्करणको ईकोस्पोर्ट एसई गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार निर्धारण गरिएको छ । कम्पनीका अनुसार फोर्ड ईकोस्पोर्ट एसई नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयूभी लिइएको छ । यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन ।

‘ग्राहक धेरै भन्दा धेरै विश्वव्यापी डिजाइन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्वितीय वस्तुको चाहना राख्छन्, जस्तो कि ईकोस्पोर्ट,’ फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुका साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाइमा पु¥याउनेछ ।’

यस गाडीमा नयाँ र रुचिपूर्ण डिजाइन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाइएको छ । यसबाहेक ईकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ । यसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । इकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेे छ ।

टाइटानियम इकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिङ्क–३ सूचना र मनोरञ्जन प्रणालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ ।नयाँ ईकोस्पोर्ट एसईमा विश्वसनीय १ दशमलव ५ लिटर टीआईभीसीटी पेट्रोल इन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल ईन्जिन इकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर टीडीसीआई उच्चस्तरीय डिजेल इन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । यसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ ।

भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार इन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचीमा राखेको थियो, जसलाई पनि यस गाडीको उपलब्धीको रुपमा लिन सकिन्छ ।

फोर्डले हालै २०२१ इकोस्पोर्ट लाइनअप प्रस्तुत गरेको थियो, जसले यसमा निम्न अतुलनीय विशेषता रहेको उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार यसमा चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग राखिएको छ । एप्पल कारप्ले र एन्ड्रोईड अटो कम्प्याटिबिलिटीलाई सिङ्क–३ सूचना प्रविधिसँग जडान गरिएको छ जुन एसई सेग्मेन्टकै उत्कृष्ट हो । ९ ईन्चको टचस्क्रीन, ईन्फोटेन्मेन्ट प्रणाली जडान गरिएको छ । माथिल्लो भेरियन्टमा सनरुप समावेश गरिएको छ । चालक सहायता सुविधासँग सम्बन्धित स्वचालित एचआईडी हेडलैम्प, डिआरएल ईलेक्ट्रोकोमिक सिसा, वर्षाको समयमा सेन्सर वाईपर लगायत अन्य अतुलनीय सहज विशेषताहरु समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL