Logo

बुक बिल्डिङका लागि तीन बैंकसहित थप १० कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुग्यो

बुक बिल्डिङका लागि तीन बैंकसहित थप १० कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुग्यो



काठमाडौं । सेयर निष्कासनका लागि बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको छ ।

धितोपत्र बोर्डले ३ बैंकसहित थप १० कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएसँगै बुक बिल्डिङका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको हो ।

मंगलबार बोर्डबाट अनुमति प्रप्त गर्ने कम्पनीमा उषा इन्भेष्टमेन्ट प्रालि, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र गुडविल फाइनान्स रहेका छन् । यस्तै, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, बिशाल ग्रुप प्रालि, श्री गणेश प्रोपर्टिज एन्ड इन्भेष्टमेन्ट प्रालि, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट र सिड इन्फ्रा प्रालि रहेका छ ।

यी कमपनीलाई बोर्डले बुक बिल्डिङमार्फत आउने सेयरमा आवेदन दिन योग्य भएको भन्दै अनुमति प्रदान गरेको हो ।

यसअघि पनि बिभिन्न ६४ कम्पनीले यस्तो स्वीकृति पाएका थिए । अब मंगलबार स्वीकृति पाएका कम्पनीहरु पनि बुक बिल्डिङमा सहभागी हुन पाउने छन् ।

बुक बिल्डिङका तीन बैंकसहित थप १० कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको संख्या ७४ पुग्यो

प्रतिक्रिया दिनुहोस्
MBL