Logo

बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्सको मागबाट पछि हट्यो सिविफिन, कर्पोरेट ट्याक्स घटाउन माग

बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्सको मागबाट पछि हट्यो सिविफिन, कर्पोरेट ट्याक्स घटाउन माग



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले बाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनुपर्ने मागबाट पछि हटेको छ । संस्थाको प्रथम वार्षिकोत्सव कार्यक्रममा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले अबका दिनमा विकास बैंक र फाइनान्स कम्पनीलाई ब्रोकर लाईसेन्स दिनुपर्ने माग अघि सारेका हुन् ।

‘गाउँगाउँको पूँजी परिचालन गर्न अबका दिनमा बाणिज्य बैंक भन्दा पनि विकास बैंक र फाइनान्स कम्पनीलाई ब्रोकर लाईसेन्स दिनपर्छ,’ कार्यक्रममा उनले भने, ‘जसका कारण गाउँगाउँको पैसालाई समेत राष्ट्रिय पूँजी परिचालनमा ल्याउन सकिनेछ ।’ पछिल्लो समय लगानीकर्ताले बैंकलाई ब्रोकर लाईसेन्स दिन दबाब दिईरहेको अवस्थामा बैंक संचालकहरुको संस्था सिविफिनका अध्यक्ष गोल्यानले भने गाउँगाउँको पूँजी परिचालन गर्न वाणिज्य बैंक नभई विकास बैंक र फाइनान्सलाई ब्रोकर लाईसेन्स दिनुपर्ने बताएका हन् ।

साथै उनले अबका दिनमा बैंक तथा वित्तीय संस्था माथि लाग्दै आएको करलाई समेत घटाउनुपर्ने बताए । ‘अहिले बैंकलाई व्यापारीक फर्मलाई भन्दा बढी कर लगाउँदै आएको छ,’ उनले भने, ‘अबका दिनमा बैंक तथा वित्तीय संस्थालाई पनि उद्योगलाई सरह कर लगाईनुपर्छ ।’ हाल सिविफिनले आगामी दिनमा ५ हजार नयाँ उद्यमी जन्माउने उद्योष गरेको भन्दै सोही अनुरुप सहजिकरण गरिदिन सरकार समक्ष माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्