Logo

नेप्सेमा एकैदिन ९० अंकको वृद्धि, सबै समूहको परिसचुक हरियो हुँदा ६ अर्बको कारोबार

नेप्सेमा एकैदिन ९० अंकको वृद्धि, सबै समूहको परिसचुक हरियो हुँदा ६ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ९० अंकले बढ्न पुगेको छ । बुधबारसम्म ओरालो लागेको नेप्से परिसुचक अन्तिम दिन अर्थात बिहीबार ९०.६७ अंकले बढेको हो ।

बजार एकैदिन ९० अंकले भन्दा समग्र नेप्से परिसुचक २५ अंक माथि उक्लिएको छ । उच्च रुपमा बढेको बजारमा नेप्सेका १३ ओटै उपसमूहहरु हरियो देखिएका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसुचक ५७२ अंकले बढ्दा निर्जीवन बीमा समूहको परिसुचक ३२४ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ् समूहको परिसुचक ५२ अंकले बढ्दा विकास बैंक समूहको पसिुचकमा ६२ अंकको वृद्धि भएको छ । यसैगरी व्यापार समुह २५६, उत्पादनमुलक १९० र माईक्रोफाइन्स समूहको परिसुचक २०९ अंकले उकालो लागेको छ ।

उच्च रुपमा बढेको बजारमा ६ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २०६ कम्पनीको १ करोड ६६ लाख कित्ता सेयर खरिदबिक्री भए । बजारमा सबैभन्दा बढी नेपाल पूर्वाधार बैंकको ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL