Logo

२९ प्रतिशत लाभांश पारित गर्न शिखरले बोलायो साधारणसभा, लगानीकर्तालाई ३० प्रतिशत हकप्रद सेयर

२९ प्रतिशत लाभांश पारित गर्न शिखरले बोलायो साधारणसभा, लगानीकर्तालाई ३० प्रतिशत हकप्रद सेयर



काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश वितरण गरे पश्चात हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनी संचालक समितिले यस अघि लगानीकर्ताका २७.७६९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रश्ताव गरेको थियो । उक्त प्रस्तावलाई पारित गराउनका लागि कम्पनीले चैत ९ गते १५ औं र १६ औं वार्षिक साधारणसभा बोलाएको छ ।

बोनस वितरणसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस वितरणसँगै बढ्ने चुक्ता पूँजीको ३० प्रतिशतले अर्थात ५२ करोड ६८ लाख रुपैयाँ बराबरका हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको छ । हकप्रद सेयर निष्कासनसँगै शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

यसैगरी कम्पनीले आफ्नो सेयर संरचनामा समेत परिमार्जन गर्ने भएको छ । हाल कम्पनीको संस्थापक तथा साधारणको सेयर अनुपात ६०ः४० रहेकोमा आगामी दिनमा साधारण सेयर हिस्सा बनाएर संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउने प्रस्ताव गरेको छ ।

कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोजको मिति तोकेको छ । फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL