Logo

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाड, ३ लाख २५ हजारले हात पारे १० कित्ता सेयर

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाड, ३ लाख २५ हजारले हात पारे १० कित्ता सेयर



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा विहान ९ बजे आईपीओ बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये ३ लाख २५ हजार १ सय ६५ जनाले कम्पनीको सेयर हात पारेका छन् । विक्री प्रबन्धकका अनुसार पहिलो चरणमा सबै आवेदकलाई १० कित्ताका दरले ३ लाख २५ हजार १ सय ६५ जनालाई बाँडफाँट गरी बाँकी रहेको २ कित्ता शेयर २ जनाले एक एक कित्ताका दरले बाँडफाँट गरिएको हो ।

यस कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९ सय ७१ जनाको २ करोड २६ लाख ९१ हजार ४ सय ९० कित्ताका लागि आवेदन परेको विक्री प्रबन्धकको भनाई छ । जुन मागभन्दा करिब ७ गुणा बढी थियो । कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्
MBL