काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालमा भर्खरै सार्वजनिक गरिएको भ्यु सीएस २ एल भ्यानमा शतप्रतिशत फाइनान्सिङको अफर लागू गरेको छ । फोटोनको भ्यु सीएस२एल भ्यान नेपालको पहिलो र एक मात्र १८–सिटे भ्यान हो ।
एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई एक सय प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको हो । यो सुविधा उपभोग गर्ने ग्राहकले अधिकतम ७ वर्षको ऋण अवधि पाउनेछन् । उक्त अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
फोटोन भ्यु सीएस२एल नेपालमा भर्खरै सार्वजनिक भएको १९–सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुन्छ । यो भ्यानमा डुअल एअरब्याग, इबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डेर रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर छन् ।