Logo

सेयरधनीलाई प्रभु इन्स्योरेन्सको १० प्रतिशत लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात

सेयरधनीलाई प्रभु इन्स्योरेन्सको १० प्रतिशत लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात



काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको माघ २९ गते बसेको संचालक समिति बैंठकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर अर्थात १० करोड ५६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । उक्त बोनस सेयरका लागि कर प्रयोजनका बापत ०.५३ प्रतिशत नगद लाभांश समेत दिने भएको छ ।

संचालक समितिको निर्णय नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात संस्थाको आगामी दिनमा हुने वार्षिक साधारणसभाबाट पारित गराएर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL