Logo

स्वास्थ्य मन्त्रीसँग महासंघको स्वास्थ्य समितिको भेट, निजी क्षेत्रलाई कोभिड विरुद्धको भ्याक्निस आयात गर्न दिन माग

स्वास्थ्य मन्त्रीसँग महासंघको स्वास्थ्य समितिको भेट, निजी क्षेत्रलाई कोभिड विरुद्धको भ्याक्निस आयात गर्न दिन माग



काडमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप लगाउन दिन सरकार समक्ष माग गरेको छ । महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल लगायका पदाधिकारीले स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी समक्ष भेट गरी उद्योगी व्यवसायीलाई पनि तत्कालै कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन माग गरेका हुन् ।

सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन मन्त्री समक्ष माग गरेका छन् । ‘अहिलको विश्व कोरोनाका कारण आक्रान्त भैरहेको अवस्थामा नेपाली उद्योगी व्यवासीहरु पनि त्यसबाट अछुतो छैनन्,’ मन्त्रीसँगको भेटमा उनले भने, ‘तसर्थ महासंघसँग आवद्ध जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुका लागि सकारले तत्कालै ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्छ ।’ साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसेकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन समेत माग गरेका छन् ।

साथै पछिल्लो सयम सरकारी निकायहरुबीच अन्तरसम्बन्ध नहुँदा व्यवसायीले दुःख पाएको भन्दै त्यस विषयमा समेत समितिले सरकारको ध्यानाकर्षण गराएको छ । विशेषगरी एउटा निकायको सहमतिमा व्यवसायीहरुले आयात गरेको सामान अर्को निकायले रोक लगाएर दुःख दिने गरेको भन्दै व्यवसायीमैत्री वातावरण बनाउन ढकालले आग्रह गरेका थिए । यसअघि खाद्य विभागले स्वीकृति दिएर आयात गरेको भिटामिन स्वास्थ्य विभागले रोकेको भन्दै सरकारी संयन्त्रबीच एकरुपकता ल्याउन महासंघले माग गरेको हो ।

कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा फ्रण्टलाईनमा खटिने कर्मचारीलाई खोप दिनुपर्ने भन्दै हाल ल्याईएको खोप उद्योगी व्यवसायीलाई दिन नसकिने बताएका थिए । तर दोस्रो चरणका खोप आयात गर्दा उद्योगी व्यवसीहरुलाई प्राथमिकतामा राखिने आश्वासन दिएका थिए ।

साथै मन्त्रीले निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्म भएका छन् । निश्चित मापदण्ड पुरा गरेको खण्डमा निजी क्षेत्रलाई खोप आयात गर्न दिन सकिने महासंघको स्वास्थ्य तथा शीप विकास समितिका पदाधिकारीहरुसँगको छलफलमा जानकारी गराएका थिए । जसका लागि खोपको तेस्रो चरणको परीक्षण भएको हुनुपर्ने, खोप निर्माता कम्पनीले आफ्नो देश बाहेर अन्य २ देशमा निर्यात गरी खोप लगाएको हुनुपर्ने र उक्त खोपलाई विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएको हुनुपर्ने छ ।

मन्त्रीसँगको भेटघाट कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा सहसभापति भक्त हमाल, सदस्यहरु सुरेश घिमिरे र हेमराज बडालको समेत उपस्थिती रहेको थियो । उनीहरुले पनि मन्त्री समक्ष विभिन्नि स्वास्थ्य सम्बन्धी बस्तुगत संघसंस्थाको समस्यामा बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL