Logo

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार बढीको आवेदन

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार बढीको आवेदन



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) मा १३ लाख ३७ हजार ९ सय ४२ जना आवेदकले आवेदन दिएका छन् ।

आवेदनकर्ताले २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रुपैयाँको २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओ निष्काशन गरेको थियो । आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन हो ।

कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये कर्मचारीलाई ६९ हजार ९ सय २८ कित्ता र सामूहिक लगानी कोषलाई १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर छुट्याएको थियो । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL