Logo

नेप्सेले रोक्यो माईक्रोफाइनान्स सहित ११ कम्पनीको सेयर कारोबार (सूचीसहित)

नेप्सेले रोक्यो माईक्रोफाइनान्स सहित ११ कम्पनीको सेयर कारोबार (सूचीसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज एक विज्ञप्ती जारी गर्दै सूचीकृत ११ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

यस अघि धितोपत्र बोर्डले नेप्सेलाई समयमै प्रतिवेदन नबुझाउने तथा वार्षिक साधारण सभा नगर्ने कम्पनीको विस्तृति विवरण छानविन गरी कारोबार रोक्का राख्न निर्देशन दिएको थियो । सोही अनुरुप नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले आधारमा नेप्सेले त्यस्ता कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले कारोबार रोक्का राखेकोमा सबैभन्दा जलविद्युत क्षेत्रका कम्पनी रहेका छन् । जसमा सूचीकृत भएका ७ हाइड्रोपावर, १ जीवन बीमा कम्पनी, १ विकास बैंक र २ वटा लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

जसमा जलविद्युत क्षेत्रका नेपाल हाइड्रो, पन्चकन्या माई हाइड्रो, पाँचथर पावर कम्पनी, राधि वियुत कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रो, युनियन हाइड्रोको सेयर कारोबार रोक्का राखेको छ । यसैगरी जीवन बीमातर्फको गुराँस लाइफ इन्स्योरेन्स, विकास बैंकतर्फ कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का राखेको छ ।

यसैगरी लघुवित्ततर्फ कालिका लघुवित्त, र नेशनल माईक्रोफाइनान्सको कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । यस अघि नेप्सेले समयमै विवरण नबुझाएको तथा वार्षिक साधारणसभा नगरेको भन्दै राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनी सेयर कारोबार रोक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL