Logo

माईक्रोफाइनान्स र बीमा उचालिँदा नेप्सेमा रेकर्ड ब्रेक, किन खस्किदै छ बाहुल्यता रहेको बैंकिङ समुह ?

माईक्रोफाइनान्स र बीमा उचालिँदा नेप्सेमा रेकर्ड ब्रेक, किन खस्किदै छ बाहुल्यता रहेको बैंकिङ समुह ?



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक तथा कारोबार रकम दुबैले रेकर्ड ब्रेक गरेको छ । आईतबार सुरु देखिनै उकालो लागेको बजारमा नेप्से परिसुचक अंक माथि पुगेर रेकर्ड ब्रेक गर्यो भने कारोबार रकम पहिलो पटक १० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

आईतबार बीमा तथा माईक्रोफाइनान्स कम्पनीको सेयर मूल्य उच्च हुँदा नेप्से परिसुचक ४८.७४ अंकले बढ्दै २ हजार ५ सय २४ अंकमा पुगेर अडिएको छ । यसअघि २० सय अंकमाथि पुगेको नप्से परिसुचक बजार बन्द हुँदा घटेको थियो । बजारमा सबैभन्दा बढी जीबन बीमा समुहको परिसुचक ५७२ अंकले बढ्दा निर्जीवन बीमा समुहको परिसुचक ४९० अंकले उकालो लागेको छ । यसैगरी बजारमा माईक्रोफाइनान्स कम्पनीको परिसुचक समेत ३३४ अंकले बढ्न पुगेको छ ।

तर दोहोरो अंकले बढेको बजार दुई तिहाईभन्दा बढी हिस्सा ओगटेको बैंक तथा विकास बैंक समुहका परिसुचक भने ओराले लागेका छन् । बजारमा बैंकिङ समुहको सेयर सप्लाई बढी हुँदा लगानीकर्ताले चलखेल गर्न नसक्दा मूल्यमा उतारचढाव हुन सकेन भने बजारमा कम सप्लाई भएको बीमा तथा माईक्रोफाइनान्सको सेयरमा बैंक तथा सिमित समुहले चलखले गर्दा मूल्य आकाशिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बजारमा बैंक तथा समिति लगानीकर्ताहरुको समुह बीमा तथा माईक्रोफाइनान्स कम्पनीको सेयर जति सप्लाई आएपनि आन्तरिक मिलेमत्तोमा उठाएर ड्राई आउट गर्न लागेका छन् जसका कारण यस्ता समुहको बजार उकालो लागेका छन्,’ ती लगानीकर्ताले भने, ‘तर बैंकिङ समुहको सेयर सप्लाई ठूलो हुँदा चलखेल गर्न सकेका छैनन् ।’

आईतबार बजारमा कारोबार रकम समेत हालसम्मकै उच्च रहेको छ । आईतबार कारोबार रकमले १० अर्ब रुपैयाँको रेखा तोड्दै दिनभर कुल १० अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २०२ कम्पनीको १ करोड ७६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।
यसैगरी बजारमा उच्च मूल्य बढेका १० कम्पनीको सूचीमा समेत माईक्रोफाइनान्सकै बाहुल्यता रहेको छ । तर उच्च कोरोबार हुने कम्पनीको सूचीमा हिमालयन डिस्टीलरी रहँदा उच्च १० कम्पनीमा बैंक तथा बीमा कम्पनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL