Logo

महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्याे, माघ ३० देखि आवेदन खुल्ने

महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्याे, माघ ३० देखि आवेदन खुल्ने



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्काशन मिति सरेको छ। लघुवित्तले सिडिएस एण्ड क्लियरिङको अनुरोधमा निष्काशन मिति सारेको बताएको छ। सिडिएस एण्ड क्लियरिङले प्राविधिक कारण जनाइ सो निष्काशन मिति सार्न अनुरोध गरेको कम्पनीको सूचनामा उल्लेख छ।

लघुवित्तको आईपीओमा अब माघ ३० गतेदेखि छिटोमा फागुन ४ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL