Logo

धितोपत्र बोर्डले भन्यो : सेयर खरिदविक्री गर्दा ब्रोकरकोमा २५ प्रतिशत रकम अग्रिम जम्मा गर्नुपर्दैन

धितोपत्र बोर्डले भन्यो : सेयर खरिदविक्री गर्दा ब्रोकरकोमा २५ प्रतिशत रकम अग्रिम जम्मा गर्नुपर्दैन



काठमाडौं । धितोपत्र बोर्डले सेयर खरिदका लागि अग्रिम रुपमा नगद जम्मा गर्नु नपर्ने स्पष्ट पारेको छ । आइतबार बोर्डले एक विज्ञप्ती जारी गर्दै सेयर खरिदविक्री गर्दा अग्रिम रकम जम्मा गर्नुपर्ने व्यवस्था नगरिएको बताएको हो ।

धितोपत्र कारोबार नियमावलीमा सेयरको खरिदका लागि आदेश दिने व्यक्तिले आदेश रकमको २५ प्रतिशत बराबर रकम ब्रोकरकोमा सुरक्षण गर्नुपर्ने व्यवस्था यसअघि नै गरेको थियो । शुक्रबार बोर्डले यो व्यवस्था कडाईका साथ लागु गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

ब्रोकरले दिएको सो निर्देशनपछि बजारमा सेयर खरिद गर्नेले खरिद गर्ने रकमको २५ प्रतिशत बराबरले हुन आउने नगद रकम अनिवार्य रुपमा ब्रोकर कहाँ डिपोजिट गर्नुपर्ने निर्देशन दिएको चर्चा चलेको थियो । बोर्डले नगदै जम्मा गर्नुपर्ने व्यवस्था नगरेको जानकारी दिएको हो । यसका लागि मार्जिन रकम वा चेक लिनसक्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL